English
Sports Khabar
  • Login
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
Sports Khabar
English

बिग ब्यास लिग : सिड्नी सिक्सर्स संग मेलबर्न १४५ रनले पराजित

by स्पोर्ट्सखबर
December 14, 2020
0
SHARES
35
VIEWS
FacebookTwitter

बिग ब्यास लिग अन्तर्गत छैठौं खेलमा सिड्नी सिक्सर्सले मेलबर्न रेनेगेड्सलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको छ।

No Content Available

बेलीरिभ ओभल मैदान होबार्टमा सम्पन्न खेलमा सिड्नीले दिएको २०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मेलबर्नले १०.४ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो। मेलबर्नको योगफल बिग ब्यास लिग इतिहासमै दोश्रो कम योगफल हो। यस अघि मेलबर्नलेनै २०१४/१५ सिजनमा मेलबर्न स्टार्ससंग ५७ रन मात्र बनाउन सकेको थियो।

लज्जास्पद योगफलमा मेलबर्नलाई समेट्न सिड्नीका देब्रे हाते फास्ट बलर बेन ड्वारसुइसले ४ विकेट लिए जुन क्रममा उनले २.४ ओभरमा मात्र १३ रन खर्चिए। देब्रे हाते स्पिनर स्टिभ ओकिफले ३ विकेट ( ३-०-१६-३ ) , कार्लोस ब्राथवेटले २ ( २-०-१२-२ ) विकेट लिए।

मेलबर्नको ब्याटिंगमा शन मार्श, जेक फ्रेसर र केन रिचर्डसनले समान १३ तथा कप्तान आरोन फिन्चले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस अघि टस हारेर ब्याटिंग गरेको सिड्नीले २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको थियो।

सिड्नीका ओपनर जोश फिलिपेले सर्वाधिक ९७ रन बनाए जुन क्रममा ५७ बलमा ९ चौका र ३ छक्का हिर्काए। जोर्डन सिल्कले १९ बलमा ७ चौका र १ छक्का मद्दतले ४५ रन बनाए। फिलिपेले १७ रन बनाएका ड्यानियल ह्युजसंग ७८ रनको तथा सिल्कसंग ७० रनको साझेदारी गरे।

मेलबर्नको बलिंगमा पिटर हाटजोग्लुले सर्वाधिक २ विकेट लिए।

ADVERTISEMENT

जितपछि सिड्नी २ खेलमा १ जित र १ हार पछि अंकतालिकामा ५ अंक सहित तेश्रो स्थानमा पुगेको छ। हार पछि मेलबर्न समान जित र हार पछि ४ अंक सहित चौथो स्थानमा रहेको छ। अंकतालिकाको शिर्ष स्थानमा ८ अंक सहित मेलबर्न र दोश्रो स्थानमा ७ अंक सहित होबार्ट हरिकेन्स रहेको छ।

Tags: बिग ब्यास लिगसिड्नी सिक्सर्स
ShareTweetSendShareShare

सम्बन्धित खबर

No Content Available
Next Post
लिटिल फ्लावर प्रिमियर लिग फागुनको अन्तिम साता हुने

लिटिल फ्लावर प्रिमियर लिग फागुनको अन्तिम साता हुने

गौतमबुद्ध कप टी २० : फाइनलमा नारायणी संग राप्ती ९ रनले विजयी

गौतमबुद्ध कप टी २० : फाइनलमा नारायणी संग राप्ती ९ रनले विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • Badminton
  • आईपीएल
  • इस्पोर्ट्स
  • एकदिवसीय क्रिकेट
  • एशियाई खेल
  • कराते
  • क्रिकेट
  • टी १०
  • टी २० क्रिकेट
  • टेनिस
  • टेस्ट क्रिकेट
  • पीएसएल
  • प्रधानमन्त्री कप
  • फुटबल
  • बक्सीङ
  • बिग वास
  • भलिबल
  • महिला क्रिकेट
  • यू १९ क्रिकेट
  • राष्ट्रीय खेलकूद
  • समाचार

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

  • Login
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In