English
Sports Khabar
  • Login
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की
No Result
View All Result
Sports Khabar
English

डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त

by स्पोर्ट्सखबर
December 17, 2020
डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा  नियुक्त
0
SHARES
44
VIEWS
FacebookTwitter

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको शुक्रबार जानकारी दिएको । मुख्य प्रशिक्षकका लागि उनीसहित १० जनाले आवेदन दिएका थिए । श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेटर हुन् भने उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो।  

मेयर कप क्रिकेट फागुन २२ देखि हुने

इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित

आईपीएल २०२१: लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय

उनको तलब मासिक १० हजार डलर आसपास हुने क्यान स्रोतले बताएको छ । यस्तै उनले आगामी जनवरीदेखि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । यसैगरी क्यानले पूर्वकप्तान विनोद दासलाई क्रिकेट म्यानेजर, रौनकबहादुर मल्ललाई महाप्रबन्धक र  रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृतका रुपमा नियुक्त गरेको छ ।

The entire process of appointment of the Head Coach and other various posts called by the Cricket Association of Nepal (CAN) has been completed. pic.twitter.com/krsSKir7Cl

— CAN (@CricketNep) December 17, 2020
CAN Twitter

वाटमोर श्रीलंकाको कोलम्बोमा जन्मेका हुन् । सन् १९६२ मा परिवार बसाई सरेपछि अष्ट्रेलिया पुगेका उनले त्यहाँको राष्ट्रिय टिमबाट खेल्ने अवसर पनि पाए ।

दशक लामो खेलाडी जीवनबाट १९८८/८९ मा सन्यास लिएका उनी त्यसपछि प्रशिक्षणतिर लागे । श्रीलंकाले १९९६ मा विश्वकप जित्दा वाटमोर प्रशिक्षक थिए ।

श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगे । उनले दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताए ।

त्यसपछि फेरि श्रीलंका फर्किएका उनलाई १९९९ को विश्वकपमा भने सफलता हात लागेन । २००३ को विश्वकपमा भने श्रीलंकालाई उनले सेमिफाइनलमा पुर्‍याए ।

श्रीलंका क्रिकेटको रूपान्तरणबाट प्रभावित बंगलादेशले उनलाई प्रशिक्षक बन्न प्रस्ताव गर्‍यो । उनले श्रीलंकाकै जस्तो सफलता त दोहोर्‍याउन सकेनन्, तर २००५ मा बंगलादेशले (जिम्बाब्वेविरुद्ध) पहिलो टेष्ट म्याच जित्यो भने कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हरायो । २००७ को विश्वकपमा बंगलादेश ‘सुपर–एट’ का लागि छनोट पनि भएको थियो ।

ADVERTISEMENT

बंगलादेश छाडेपछि उनी भारत र इंग्ल्याण्डको प्रशिक्षकका दावेदार पनि थिए । तर इंग्ल्याण्डले पिटर मोरेस र भारतले रवि शास्त्रीलाई प्रशिक्षक बनायो । २००७ मा उनी भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक बने भने यू–१९ टिम पनि सम्हाले । त्यही बेला भारतले यू–१९ विश्वकप जित्यो । २००८ मा मलेसियामा भएको प्रतियोगितामा भारतीय कप्तान विराट कोहली थिए ।

२०१० र २०११ मा आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक रहेका उनले ४ मार्च २०१२ मा पाकिस्तान टिमको प्रशिक्षक नियुक्त भए । उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेको थियो । पाकिस्तानमा सम्झौता सकिएपछि जिम्बाब्वे पुगेका उनले त्यहाँ पूरा काम गर्न पाएनन् ।

२०१७–१८ मा केरला क्रिकेट एशोसिएसनको मुख्य प्रशिक्षक रहेका उनी केरला क्रिकेटमा दीर्घकालीन प्रभाव छाड्न सफल भएको मानिन्छ । २०२० फेब्रअरीदेखि वाटमोर सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक छन् ।

Tags: डेभ वाटमोरनेपाली क्रिकेट टिम
ShareTweetSendShareShare

सम्बन्धित खबर

मेयर कप क्रिकेट फागुन २२ देखि हुने
टी २० क्रिकेट

मेयर कप क्रिकेट फागुन २२ देखि हुने

February 25, 2021
इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित
टी २० क्रिकेट

इग्लैण्ड बिरुद्ध टी २० सीरीजको लागि भारतीय टीम घोषित

February 20, 2021
आईपीएल २०२१:   लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय
आईपीएल

आईपीएल २०२१: लिलामीमा ५७ खेलाडी माथि बोली लाग्यो, २२ विदेशी र ३५ भारतीय

February 18, 2021
प्रधानमन्त्री कप : एपीएफ लाई पराजित गर्दै त्रिभुवन आर्मी च्याम्पियन
प्रधानमन्त्री कप

प्रधानमन्त्री कप : एपीएफ लाई पराजित गर्दै त्रिभुवन आर्मी च्याम्पियन

January 30, 2021
IPL 2021 : कुन टीमले कसलाई रिलीज र रिटेन गर्यो
आईपीएल

IPL 2021 : कुन टीमले कसलाई रिलीज र रिटेन गर्यो

January 20, 2021
Ind vs Aus : बर्डर गावस्कर २-१ ले भारतको नाम
टेस्ट क्रिकेट

Ind vs Aus : बर्डर गावस्कर २-१ ले भारतको नाम

January 19, 2021
Next Post
नवौँ राष्ट्रिय खेलकूद यो वर्ष नहुने

नवौँ राष्ट्रिय खेलकूद यो वर्ष नहुने

मोहम्मद आमिरले संन्यासको घोषणा गरे, मानसिक तनाव दिएको आरोप

मोहम्मद आमिरले संन्यासको घोषणा गरे, मानसिक तनाव दिएको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • Badminton
  • आईपीएल
  • इस्पोर्ट्स
  • एकदिवसीय क्रिकेट
  • एशियाई खेल
  • कराते
  • क्रिकेट
  • टी १०
  • टी २० क्रिकेट
  • टेनिस
  • टेस्ट क्रिकेट
  • पीएसएल
  • प्रधानमन्त्री कप
  • फुटबल
  • बक्सीङ
  • बिग वास
  • भलिबल
  • महिला क्रिकेट
  • यू १९ क्रिकेट
  • राष्ट्रीय खेलकूद
  • समाचार

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

  • Login
No Result
View All Result
  • फुटबल
  • लीग
    • आईपीएल
    • बिग वास
  • टेनिस
  • इस्पोर्ट्स
  • क्रिकेट
  • बास्केटबल
  • भलिबल
  • समाचार
  • हक्की

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In