अष्ट्रेलियाका डेभेनिल फेड्रिक व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन । यस अघिका श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दशानायकको कार्यकालमा नेपाली क्रिकेट निकै माथि उठ्यो । पुबुदुले कायम गरेको इतिहासलाइ कायम राख्दै नेपाली क्रिकेटलाई अझै माथि लानु पर्ने चुनौती व्हाटमर माथि छ । संयोगबस नवनियुक्त प्रशिक्षक पनि श्रीलङ्काली मुलका अष्ट्रेलियन नागरिक हुनुहुन्छ ।
नेपाली क्रिकेटको बागडोर डेभ व्हाटमरको हातमा पुगेपछि नेपाली क्रिकेट कताजाला भन्ने अनुमान गर्न नयाँ प्रशिक्षकको खेल जीवनबारे पनि जानकारी राख्नु जरुरी छ ।
खेलाडी
डेभेनिल फेड्रिक व्हाटमर श्रीलङ्काको सिलोन प्रान्तको कोलम्बोमा १६ मार्च, १९५४ मा जन्मिएका हुुुन । तर बाल्यकालमै उनी अष्ट्र्लिया गए। अष्ट्रेलियामै क्रिकेट संस्कारमा हुर्किएका डेभले दायाँ हाते ब्याट्सम्यानको रुपमा सन् १९७० को दशकमा अष्ट्रेलियाको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गरे । त्यसअघि उहाँले घरेलु क्रिकेटमा शेफिल्ड र भिक्टोरियाको तर्फबाट खेेलेे ।
पकिस्तान विरुद्ध सन् १९७९ को मार्च १० देखि १५ सम्म भएको टेष्ट खेलबाट उहाँले अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गर्नुभयो । सात टेष्ट म्याच खेल्नुभएका उहाँले १३ पारीमा दुई अद्र्धशतकसहित २२.९३ को औसतले २९३ रन बनाए। त्यसपछी उनलाई भारत विरुद्ध मुम्बईमा अन्तर्राष्ट्रिय एकदिवसीय खेल्ने मौका पाए तर रााम्रो प्रदर्शन गर्न सकेेंनन, चयनकत्र्तालाई प्रभाबित पार्न नसकेपछि उहाँको उक्त पारी नै अन्तर्राष्ट्रिय एकदिवसीयको पहिलो र अन्तिम पारी हुन पुग्यो । भारत विरुद्ध उहाँले मात्र दुई रन बनाउनुभयो ।
कुशल प्रशिक्षक
खेलाडीको रुपमा प्रशंसकलाई लोभ्याउन नसकेपनि व्हाटमरले क्रिकेटप्रतिको आफ्नो रुचीलाई निरन्तरता दिने निर्णयमा पुग्नुभयो । र सन् १९८८ मा प्रशिक्षक बन्ने बाटोमा लाग्नुभयो । प्रशिक्षकको रुपमा उहाँ पहिलोपटक श्रीलङ्काली क्रिकेट टोलीको जिम्मेवारी सम्हाल्नुभयो । श्रीलङ्काले सन् १९९६ को विश्वकप क्रिकेटको उपाधि जित्दा डेभ व्हाटमरलाई नै प्रमुख योजनाकार मानिन्छ । तर पहिलो कार्यकालमा श्रीलङ्का क्रिकेटसँग लामो समय टिक्न नसकेका उहाँ पुनः सन् १९९९ मा श्रीलङ्का क्रिकेटमा दोस्रो कार्यकालका लागि प्रशिक्षक नियुक्त हुनुभयो । पहिलो कार्यकालमै सफलता प्राप्त गरेपनि उहाँको क्रिकेट जीवनको कठिन चुनौती त्यत्तिबेला सुरु भयो, जब सन् २००३ मा उहाँले बंगलादेश क्रिकेट टोलीको प्रमुख प्रशिक्षक नियुक्त हुनुभयो ।
एकदिवसीय मान्यता पाएको चार वर्षसम्म बंगलादेशले एउटै अन्तर्राष्ट्रिय खेल जित्न सकेको थिएन । र बंगलादेश निरन्तर भारी अन्तरले हारको सामना गरिरहनुपर्यो । उहाँले भने अलि पनि अत्तालिनुभएन र बंगलादेश क्रिकेटले राम्रो गर्ने विश्वाससहित आफ्नो कार्यकाल लम्ब्याउँदै लग्नुभयो । र बंगलादेश बोर्डले समेत उहाँमाथि विश्वास गर्यो । अन्ततः चित्तगावंमा जिम्बाबवेलाई हराउँदै ढाकामा बराबरी खेलेपछि बंगलादेशले पहिलो श्रृखंला हात पार्यो । र व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको प्रतिफल बंगलादेशले पाउन सुरु गर्यो । त्यत्ति नै बेला बंगलादेशको एकदिवसीय प्रदर्शन पनि सुध्रिदै गयो । र अन्तर्राष्ट्रिय एकदिवसीयमा भारतलाई हराउन पुग्यो । उतारचढाब जारी रह्यो ।
सन् २००५ मा अष्ट्रेलियालाई उसको घरेलु मैदान कार्डिफमा हराएर बंगलादेश क्रिकेटको युगलाई व्हाटमरले आफ्नै प्रशिक्षणमा स्वर्णकालमा लग्नुभयो । सन् २००७ को विश्वकप क्रिकेटमा छिमेकी भारतलाई हराएर बंगलादेशले अन्तिम आठबाट बिदा मात्रै गरेनन्, आफ्नो स्थान अन्तिम आठमा सुनिश्चित गर्यो । तर प्रतियोगिताको अन्त्यमा व्हाटमरले पदबाट राजिनामा गर्नुभयो ।
त्यत्ति नै बेला उहाँ भारतीय क्रिकेट टोलीको प्रशिक्षक बन्ने चाहना राख्नुभएको थियो । तर ग्रेग च्याप्पलले उक्त भूमिका पाएपछि व्हाटमर भारतकै नेशनल क्रिकेट एकेड्मी सम्हाल्ने अवसर पाउनुभयो । सन् २००९ मा उहाँले अष्ट्रेलियाका जोन बुकाननलाई आईपीएलमा कलकत्ता नाइट राइडर्सको प्रशिक्षकबाट विस्थापित गर्नुभयो । सन् २०१२ मा पाकिस्तानको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्दा उहाँ दुईवर्ष कलकत्ताको प्रमुख प्रशिक्षक रहनुभयो ।
त्यसपछि उहाँ दक्षिण एशियाली राष्ट्रमा खास गरी भारतको विभिन्न घरेलु टोलीको प्रशिक्षक बन्दै क्रिकेटमा आफ्नो क्यारियरलाई स्मरणीय बनाउनुभएको छ ।
नेपालले सन् २०२२ को टी ट्वान्टी विश्वकप र सन् २०२३ को अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकपको तयारी गरिरहेको बेला व्हाटमरको आगमनले खेलाडी तथा संघ पदाधिकारी उत्सहित देखिएका छन् । संघका महासचिब प्याकुरेलले नेपाली क्रिकेटको स्तर उकास्न तथा विश्वकपमा छनोट हुने लक्ष्य राखेर व्हाटमरलाई प्रशिक्षक नियुक्त गरिएको बताउनुहुन्छ ।