राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएका छन् । टी-१० लिग क्लब टीम अबुधाबीले अलराउण्डर पारसलाई नयाँ सिजनको लागि मेन्टर नियुक्त गरेको हो ।

अब हुने टी१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ ।

पारस खड्का ट्विटर

टी१० को अघिल्लो संस्करणमा पारसलाई आबुधावीले १० हजार अमेरिकन डलरमा टिममा अनबुन्ध गरेको थियो । टी-१० लिगको नयाँ सिजन २८ जनवरीदेखि ६ फेब्रअुरीसम्म हुनेछ ।

टी-१० लिगको चौथो संस्करणमा ८ वटा टोलीहरू सहभागी हुने भएका छन् । यो पटक टिम आबुधाबी, मराठा अरेबियन्स, बंगला टाइगर्स, डेक्कन ग्लाडियटर्स, क्वलन्दर्स, दिल्ली बुल्स, नर्दन वारियर्स र पुणे डेविल्सले टी-२० लिग खेल्ने भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *