प्रधानमन्त्री कप क्रिकेट मा आज भएको समूह बी को खेलमा नेपाल पुलिस क्लब संग बागमती सात विकेटले विजयी भएको छ । नेपाल पुलिस क्लब ले दिएको १ सय ११ रनको लक्ष्य तीन विकेट गुमाई ३४.४ ओवरमा पूरा गर्यो ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे पुलिस १११ रनमै अलआउट भयाे ।

साविक विजेता समेत रहेकाे पुलिसकाे याे लज्जास्पद ब्याटिङ हाे । पीएम कपमा पुलिसकाे याे अहिलेसम्मकै कम स्काेर हाे ।

बागमतीका बलरहरु नन्दन यादव र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि पुलिस २९.३ ओभर मात्र क्रिजमा टिक्याे ।

पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रन बनाए । यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जाेडे । बाँकी खेलाडीले दाहाेराे अंकमा रन छुन सकेनन् ।

पुलिसलाई अलआउट गर्न बागमतीका नन्दन यादव र तिलकराज भण्डारीले ४-४ विकेट लिए ।

तिलकले ७.३ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए । नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४  विकेट लिए । यस्तै रामनरेश गिरीले २ विकेट लिए ।

एक सय ११ रनको लक्ष्य पाएको बागमती सुरुवात राम्रो रहेन उसका ओपनर ब्याट्समेन आकास थापा एक रन बनाई आउट भए, उनलाई पवन सर्राफले रन आउट गरे । अर्का ओपनर आदिल खान लाई दीपेन्द्र सिंह ऐरी ले १२ रनमा बोल्ड आउट गरे ।

पूर्व कप्तान पारस खड्का लाई १७ रनको ब्यक्तिगत स्कोर मा ललित राजबंशी ले बोल्ड आउट गरे ।

बागमती का ब्याट्समेन ईशान पाण्डेय १७ र पृथ बास्कोट ले ४६ रनमा नॉटआउट रहेर बागमती लाई सजिलै जिताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *