मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको छ। यो आर्मीको दोस्रो जित हो। यसअघि आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको थियो।

आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याएको कर्णाली ३३.३ ओभरमा ११५ रनमा अलआउट भयो। कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले सबैभन्दा बढी ३० रन जोडे। 

बलिङमा आर्मीका सुसन भारीले ४ विकेट लिए। उनले ८.३ ओभरमा ३ मेडन राख्दा केवल १९ रन दिएका थिए। सहाब अलामले ३ विकेट लिए भने रोहित पौडेलले २ विकेट लिन सफल भए। हरी चौहानको नाममा १ विकेट रह्यो। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४३.१ ओभरमा १९५ रनमा अलआउट भयो। आर्मीका लागि ओपनिङ ब्याट्सम्यान अनिल मण्डलले ८९ रन जोडे। उनले ११४ बलमा १४ चौका हिर्काए। कप्तान विनोद भण्डारी ४१ रन बनाएर आउट भएका थिए।

बलिङमा कर्णालीका दिपेश अधिकारी, राज शाह र दिवान पुनले २-२ विकेट लिए। – तस्बिर क्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *