क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग खेल्न पाकिस्तान गएका छन । अफगानिस्तानी क्रिकेटर रासिद खानको रिप्लेसमा लाहोर कलन्दर्स ले सन्दिप लाई टीममा राखेको हो ।

राशिद खान जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण पीएसएल विचमा नै प्रतियोगिता छोड्नु परेको थियो । उनको स्थानमा लाहोरले सन्दिपलाई टीममा राखेको हो ।

पीएसएलको ड्राफ्टमा सन्दिप परेपनि अन्तिममा विक्रि भएका थिएनन् । सन्दिपले सन् २०१९ मा पनि लाहोरबाट नै पीएसएल खेलेका थिए । यसपटक सन्दिप विचमा नै टिममा समावेश भएपनि बाँकी सिजन खेल्ने संभावना रहेको छ ।

तर उनले भोली हुने खेल भने खेल्न पाउने छैनन् । सन्दिपले मार्च चार तारिखमा हुने इस्लामाबादविरुद्धको खेलबाट पीएसएलमा सहभागि हुन पाउनेछन । उनले लिगका ६ खेल खेल्न पाउनेछन ।

त्यसपछि उनको टिम अगाडी बढेमा त्यो पनि खेल्नेछन । अहिले लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *