बंगलादेश विरुद्धको टी-२० सिरिजको पहिलो खेलमा घरेलु टोली न्यूजिल्याण्ड ६६ रनले विजयी भएको छ । न्यूजिल्याण्डले तीन खेलको टी-२० सीरिज मा १-० को अग्रता लिएको छ ।

न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै २१० रन बनायो । जवाफ मा २११ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।

न्यूजिल्याण्डका डेविन कोनवेले ५२ बलमा तीन छक्का र ११ चौकासहित अविजित ९२ रन बनाए । योङले ३० बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५३ रनको योगदान दिए । मर्टिन गुप्टिल ३५ र ग्लेन फिलिप्सले १० बलमा नटआउट २४ रन बनाए ।

बलिङमा इश सोढीले चार, लकी फर्गुसनले दुई, कप्तान टिम साउथी र हमीश बेन्नटले एक/एक विकेट लिए ।

बंगलादेशका लागि अफिफ हुसेनले ४५, मोहम्मद सैफउद्दिनले अविजित ३४, मोहम्मद नइमले २७ र कप्तान महमूदुल्लाहले ११ रन बनाए ।

बलिङमा नसुम अहमदले दुई र मेहदी हसनले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *