न्युजिल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको टी-२० सिरिज एक खेल पहिलेनै जितेको छ।
आइतबार भएको दोस्रो टी-२० खेलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले सिरिज कब्जा गरेको हो। यसअघि पहिलो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेको थियो।
आइतबार पाकिस्तानले दिएको १६४ रनको लक्ष्य घरेलु टिम न्युजिल्यान्डले ४ बल खेल्न बाँकी छदा पूरा गर्यो। न्युजिल्यान्डको जितमा टिम सेइफर्टले नटआउट ८४ रन र कप्तान केन विलियमसनले नटआउट ५७ रन जोडे।
त्यसअघि पाकिस्तानले ६ विकेटको क्षतिमा १६३ रन जोड्यो। उसका लागि मोहमद हफिजले नटआउट ९९ रन जोडे। उनले ५७ बलमा १० चौका र ५ चौका हिर्काए। बलिङमा टिम साउथीले ४ विकेट लिए। उनले ४ ओभरमा २१ रन दिए।
ADVERTISEMENT