यस बर्षको अन्तिम अन्तर्राष्ट्रीय टी २० पाकिस्तान र न्यूजीलैण्ड ले खेलेका थिए । उक्त खेलमा पाकिस्तान ले न्यूजीलैण्ड लाई पराजित गर्यो । अब यो बर्ष कुनैपनी अन्तर्राष्ट्रीय टी २० खेल हुने छैन ।

मोहम्मद हफीज -पाकिस्तान

सन २०२० मा अन्तर्राष्ट्रीय टी २० मा सबैभन्दा धेरै रन पाकिस्तान का मोहम्मद हाफिज ले बनाए । हाफिज ले २०२० मा १० खेलको ८ पारीमा ४१५ रन बनाए । उनले यस बर्ष टी २० मा ४ अर्धसतक बनाए ।

के एल राहुल

धेरै रन बनाउने खेलाड़ीमा दोश्रो स्थानमा भारतका के एल राहुल छन , आईपीएल मा किंग्स इलेवन पंजाब का कप्तान समेत रहेका राहुल ले ११ खेलको १० पारीमा ४०४ रन बनाए । उनले यस बर्ष चार अर्धसतक बनाएका छन ।

डेविड मलान

तेस्रो नम्बरमा विकेट कीपर डेविड मलान छन । मलान ले १० पारीमा चार अर्धसतक सहित ३९७ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *