साउथह्याम्पटनले इंग्लिस प्रिमियर लिगमा सोमबार अंक तालिकाको शीर्षमा रहेको लिभरपुललाई १–० ले हराएको छ ।उसका लागि ड्यानी इन्ग्सले दोस्रो मिनेटमा गरेको उत्कृष्ट गोल गरेका थिए । यो नतिजाले लिग उपाधिको होड खुल्ला भएको छ ।

खेलमा लिभरपुलको आक्रमण धारिलो रहेन र लगातार दोस्रो खेलमा टिम गोल गर्न असफल रह्यो । चोटग्रस्ट खेलाडीले सताइरहेको लिभरपुलले मध्यपंक्तिमा कामचलाउ जोर्डन हेन्डरसन र फाबिन्होको जोडी उतारेको थियो ।

खेलको एक मात्र गोल भने लिभरपुलका पूर्व खेलाडीकै नाममा रह्यो । इन्ग्स सन् २०१८ मा लिभरपुलबाट साउथह्याम्पटन गएका थिए । यो जितपछि साउथह्याम्पटन छैटौं स्थानमा उक्लेको छ र उसको २९ अंक भएका छ ।

लिभरपुलको ३३ अंक छ र अझै शीर्ष स्थानमा छ । तर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडमाथि लिभरपुल गोल अन्तरले मात्र अगाडि रहेको हो । म्यानचेस्टरले एक खेल पनि कम खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *