
त्रिभुवन आर्मी क्लब एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स पाउने पहिलो नेपाली फुटबल क्लब बनेको छ ।
त्रिभुवन आर्मी फुटबल क्लबको नामबाट आर्मीलाई क्लब लाइसेन्स दिइएको छ। एएफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० को मापदण्ड पूरा गरेपछि आर्मी लाइसेन्स पाउने पहिलो नेपाली क्लब बन्यो ।
यसअघि पहिलो चरणमा आर्मीले लाइसेन्स पाएको थिएन।त्यसपछि आर्मीले गरेको अपिललाई सदर गर्दै लाइसेन्स दिइएको हो।
गत नोभेम्बर ३० मा आर्मीसहित नेपालका १३ वटा ए डिभिजन क्लबलाई लाइसेन्स दिन एएफसीले अस्वीकार गरेको थियो।
अब आर्मीले व्यवसायिक क्लबको रुपमा विभिन्न नियम पालना गर्नु पर्नेछ।एएफसी लाइसेन्स पाउन क्लबको आफ्नै मैदान, एकेडेमी, उमेर समूहको टिम, म्यानेजर, टिम डाक्टर, मिडिया म्यानेजर लगायतका मापदण्ड पूरा गर्नु पर्ने प्रावधान छ।