आईपीएल का आठ टीमको लागि खेलाडी हरुलाई रिलीज र रिटेन गर्ने आज अन्तिम दिन थियो ।

किंग्स ११ पंजाब: पंजाब ले आठ खेलाडीलाई रिलिज गरेको छ । जसमा केहि ठुला नाम पनि रहेका छन । रिलिज हुने खेलाडीमा ग्लेन म्याक्सवेल, मुजिब उर रहमान, सेल्डोन कोटरेल, के गोथाम, जिमी निसाम, हार्दुस भिल्जोइन, करुन नायर, गौरभ सुन्दरारमन छन । तर टिमले प्रशिक्षकलाई पाँच बर्षमा पहिलो पटक रिटेन गरेको छ ।

दिल्ली क्यापिटल्स: दिल्ली ले ६ खेलाडीलाई रिलिज गरेको छ । जसमा मोहित शर्मा, तुषार देशपांडे, किमो पउल, सन्दिप लामिछाने, एलेक्स कैरी र जेसोन रोयलाई रिलिज गरेको छ ।

सनराइजर्स हैदरावाद: हैदराबादले पाँच खेलाडीलाई रिलिज गरेको छ । जसमा बिली स्टानलेकी, फाबियन एलेन, सञ्जय यादव, बी सन्दिप, पृथ्वी राज छन ।

चेन्नेई सुपर किंग्स: सीएसकेले ६ खेलाडीलाई रिलिज गरेको छ । त्यसमा पिउस चावला, केदार ज्यादभ, मुरली विजय, हरभजन सिंह, मोनु कुमार सिंह र सेन वाट्सन छन । सेट वाटसनले सन्यास लिइसकेका छन ।

रोयल च्यालेञ्जर्स बैंग्लोर: आरसीबी ल् १० खेलाडीलाई आगामी सिजन अगाडी रिलिज गरेको छ । नयाँ सिजनको अक्सन अगाडी बैंग्लोरले रिलिज गरेका खेलाडीमा ६ स्वदेशी र चार विदेशी खेलाडी रहेका छन ।

बैंग्लोरले रिलिज गरेका खेलाडीमा मोयन अली, आरोन फिन्च, डेल स्टेन, क्रिस मोरिस, शिंभम दुबे, गुरकिरत सिंह मन, पवन नेगी, पार्थिव पटेल (जसले सन्यास लिइसकेका छन) इसुरु उडाना र उमेश यादव छन ।

राजस्थान रोयल्स: राजस्थान ले स्टीव स्मिथ लाई रिलीज गरेको छ ।

टीमको कप्तानको जिम्मा सञ्जु सामसनलाई दिएको छ भने टिम डाइरेक्टरमा कुमार सांगाकारालाई ल्याएको छ ।

मुम्बई इन्डियन्स: मुम्बईले सात खेलाडीलाई रिलिज गरेको छ । जसमा श्रीलंकन बलर लसिथ मालिंगा, वेष्ट इन्डिजका सेरफान रुथरफोर्ड, जेम्स पाटिसन, सेरफन रुथेरफोर्ड, मचेल म्याक्लेनेगन, प्रिन् िबालवान्त राई, दिगविजय देशमुख रहेका छन ।

कोलकाता नाइटराइडर्स: केकेआर ले टोम बान्टोन क्रिस ग्रिन, सिदेश लाड, निखिल नायक, एम सिदार्थ र हेरी गुर्नेलाई रिलिज गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *