यस बर्ष कोरोना महामारीले खेलकूद पनि प्रभावित भयो । विश्वका धेरै ठुला खेल प्रतियोगिताहरु लाई स्थगित या अर्को बर्ष २०२१ मा गर्ने निर्णय गरियो ।

यस्ता प्रतियोगितामा टोकियो ओलम्पिक, विंबलडन र टी-20 विश्वकप जस्ता प्रतियोगिता हरु रहे ।

टोकियो ओलम्पिक – खेलकूदको सबैभन्दा ठुलो प्रतियोगिता टोकियो ओलम्पिक २०२० मा कोरोना भाइरस का कारण स्थगित भयो ।  प्रतियोगिता २४ जुलाई देखी ९ अगस्त सम्म हुने योजना थियो तर अब यो प्रतियोगिता २३ जुलाई देखी ८ अगस्तको बीचमा हुनेछ ।

विम्बलडन २०२० – टेनिसको सबैभन्दा ठुलो प्रतियोगिता विम्बलडन २०२० कोरोना भाइरस महामारीका कारण स्थगित भयो । विम्बलडन को ७४ बर्षको इतिहासमा पहिलोपटक यो प्रतियोगिता स्थगित भएको हो । कोरोनाको खतराका कारण इंगलैण्ड को लॉन टेनिस क्लब ले १ अप्रैल २०२० देखी हुने यस प्रतियोगिता लाई रद्द गर्यो । अब यो प्रतियोगिता २८ जून २०२१ देखी ११ जुलाई २०२१ सम्म हुनेछ ।

टी २० विश्वकप – कोरोना भाइरसका कारण २०२० को टी २० क्रिकेट विश्वकप स्थगित भयो । अष्ट्रेलीयामा अक्टूबर २०२० मा टी २० विश्वकप हुने योजना थियो तर कोरोना महामारीको कारण यो प्रतियोगिता स्थगित भयो ।  अब टी २० विश्वकप २०२१ ओक्टोबरमा हुनेछ , यसको फाइनल खेल १४ नोवेम्बर मा हुनेछ ।

यूरोपियन फुटबल लीग – कोरोना महामारी को कारण स्थगित हुने प्रतियोगिता मा फुटबल को ठुलो प्रतियोगिता यूरोपियन फुटबल लीगपनि हो । महामारी का कारण इटली, फ्रांस र स्पेन ले यस प्रतियोगिता लाई स्थगित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *