सधै आफ्नो बलिङ का कारण चर्चामा रहने भारतका तीब्र गतिक बलर जसप्रीत बुमराह अहिले आफ्नो ब्याटिङ बाट चर्चामा छन । अष्ट्रेलिया ‘ए’सँगको तीनदिवसीय म्याचको पहिलो दिन भारत १ सय ९४ रनमै आउट भयो ।
टस जितेर ब्याटिङ रोजेको भारतले ४८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ९४ रन बनायो ।
तर उसका लागि तीव्र गतिका बलर जसप्रीत बुमराहले अविश्सनीय ब्याटिङ गरे । उनले ५७ बलमा २ छक्का र ६ चौकासहित अविजित ५५ रन बनाए ।
जुनसुकै क्रिकेट फर्म्याटमा बुमराहको यो उच्च प्रदर्शन हो । हालसम्म उनले कुनै पनि फर्म्याटमा अर्धशतक बनाएका थिएनन् ।
त्यस्तै, शुभमन गिलले ४३, पृथ्वी शाले ४०, मोहम्मद सिराजले २२, हनुमा बिहारीले १५, ऋषभ पन्तले ५, अजिंक्य रहाणे, नवदीप सैनीले ४/४ रन लिए ।
बलिङमा सन एबट, ज्याक वाइल्डमर्थले ३/३, क्यामरन ग्रीन, ह्यानरी कोनवे, मिचेल स्वीपवेन, विल स्टुरल्याण्डले एक/एक विकेट लिए ।
टेष्ट सिरिज खेल्नुअघि दुवै टिमले अभ्यास म्याच खेलिरहेका हुन् । आजको खेलमा अष्ट्रेलिया ‘ए’मा एलेक्स क्यारी र भारतीय टिमका अजिंक्य रहाणे कप्तान छन् ।
भारत र अष्ट्रेलियाबीचको चार खेलको टेष्ट सिरिज १७ डिसेम्बरदेखि सुरु हुनेछ । वानडे र टी-२० श्रृंखलापछि भारत र अष्ट्रेलियाले टेष्ट सिरिज खेलिरहेका हुन् ।